२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नख्खुको अपार्टमेन्टमा फ्ल्याट भाडा लिएर सट्टेबाजी



ललितपुर । प्रहरीले अनलाइन जुवा (सट्टाबाजी) सञ्चालनमा संलग्न ठूलो गिरोहलाई पक्राउ गरेको छ। विभिन्न देशका व्यक्तिहरूलाई वाट्सएप र टेलिग्राममार्फत सम्पर्कमा ल्याई अनलाइन बेटिङ साइट 711Bat.club र Unicon 365 को प्रयोग गरी व्यवसायिक रूपमा जुवा खेलाउने कार्यमा संलग्न १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको टोलीले ललितपुरको जैनखेल र नख्खुस्थित दुई स्थानमा छापा मारेर पाँच जना भारतीय र १२ जना नेपाली नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ठक्कर कुँवर ,तिलक खड्का, जित बहादुर महतो, राजेन्द्र ब महता (कञ्चनपुर), सुवाश खड्का (डोटी), विकाश थापा, डायमण्ड कुँवर, मनोज बोगटी (अछाम), अरविन खड्का (कैलाली), हर्क ब खड्का (डोटी), पुर्ण दर्लामी (रुपन्देही), विष्णु कुमार राउत (दाङ) लगायत १२ नेपाली छन्।

बाँकी भारतकाे बिहारका दीपक कुमार सिंह, ऋषमराज, अंकित कुमार सिंह, धिरज कुमार सिंह र माेहित कुमार सिंह गरी पाँच जना भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ परेकाहरूले अनलाइन जुवाको कारोबारमार्फत हालसम्म ८१ करोड ४७ लाख ५७ हजार ४४६ रुपैयाँ ४० पैसा बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, मंगलबार  ५ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।