४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा दुई जनाको शव फेला



काठमाडौं
राजधानी काठमाडौंमा मंगलबार एकै दिन दुई जनाको शव फेला परेको छ ।
प्रहरीका अनुसार भीमसेन गोला र माछापोखरीमा एक पुरुष र महिलाको शव भेटिएको हो ।
प्रहरी बुटेदिनका अनुसार काठमाडौं महानगरपालिका ३१ भीमसेन गोलास्थित भत्केको पुलमुनी हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४९ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
साथै,काठमाडौं महानगरपालिका १६ माछापोखरी बिगमार्ट नजिक डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका ७ घर भएकी २७ वर्षीया रेणु सुनार आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, मंगलबार  ८ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।