२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


आइपिएलको उपाधि ‘रोयल च्यालेन्जर्स बैंगलुरु’ लाई



 

आइपिएलको उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुले जितेको छ । रोयल च्यालेन्जर्सले आफ्नो १८औं सिजनमा पहिलो पटक आइपिएलको उपाधि जितेको हो । रोयल च्यालेन्जर्सले पञ्जावलाई ६ रनले पराजित गर्दै उपाधि जितेको छ ।

रोयल च्यालेन्जर्सले दिएको १९१ रनको लक्ष्य पछाएको पञ्जावले २० ओभरमा ७ विकेट गुमाउदै १८४ रन बनाएको थियो । पञ्जावका लागि शशांक सिंहले सर्बाधिक ६१ रन बनाए भने जोश इंगलिसले ३९, प्रभसिमरन सिंहले २६ प्रियंस आर्याले २४ रन बनाएका थिए ।

त्यस्तै रोयल च्यालेन्जर्सका बलरभुवनेश्वर कुमार र क्रुनाल पाण्डेयले २(२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्सले २० ओभरमा ९ विकेट गुमाउदै १९० रन बनाएको थियो । रोयल च्यालेन्जर्सका लागि विराट कोहलीले सर्बाधिक ४३ रन बनाए भने कप्तान रजत पाटीदारले २६, लियाम लिभिङस्टोनले २५, जितेश शर्माले २४ रन बनाएका थिए ।

त्यस्तै अर्शदीप सिंह र काइल जामिएसनले ३(३ विकेट लिएका थिए भने अज्मतुल्लाह ओमरजाई, विजयकुमार व्याशक र युजवेन्द्र चहलले एक एक विकेट लिएका छन् ।

रोयल च्यालेन्जर्स बैंगलुरु योसहित चौथो पटक आइपिएलको फाइनल खेलेको थियो । यस अघि २००९, २०११ र २०१६ मा उपविजेता बनेको थियो । त्यस्तै पञ्जाव भने दोस्रो पटक आइपिएलको फाइनल खेलेको थियो । यस अघि पञ्जाव २०१४ बमा उपविजेता बनेको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, मंगलबार  ११ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।