२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सौगात मल्ललाई ‘मिडिया फेस गर्न’ सधै कठीन, किन ?



ललितखबर
नेपाली दर्शकका प्रिय कलाकार हुन्, सौगाल मल्ल । नेपाली चलचित्र क्षेत्रमा हिरोको परिभाषा बदलेर चरित्रमार्फत प्रख्याती कमाएका अभिनेता मल्ल दमदार पात्रहरु पर्दामा देखिन्छ ।
अभिनेता मल्ल डरलाग्दो गुण्डापात्र, ठट्यौली र सोझा पात्रको अभिनय गरिरहेको हुन्छन् । चलचित्र हेर्दा उनी ज्यादै बाठा र चलाख लाग्छन् ।

 

तर अभिनेता सौगात मल्ल वास्तविक जीवनमा निकै सोझो युवकको रुपमा प्रस्तुत हुन्छन् । धेरै ठाँउमा पत्रकारहरुको जवाफ नै दिदैनन् । उनीसँग रेडिमेड उत्तर हुन्छ– ‘थाहा छैन’ । ‘यो बारेमा मलाई कुनै आइडिया नै भएन’ ।
हुन पत्रकारहरुको अन्टसन्ट प्रश्नको उत्तर दिएर विवादमा आउनुभन्दा सोझो बन्नु नै फाइदा होला । तर कतिपय ठाँउमा कुटनीतिक जवाफ दिएर पनि उम्कन सकिन्छ । नेपाली चलचित्रको त्यो उचाईमा पुगेको ‘हिरो’ अलि चलाख पनि हुनु पर्ने हो, हैन र ?
उनी धेरै टेलिभिजन कार्यक्रमहरुमा समेत गम्भिर अनि सामान्य प्रश्नको उत्तर समेत ‘थाहा छैन’ भनेर उम्कन्छन् । मंगलबार जन्ते बाखेको पत्रकार भेटघाटमा ‘प्रेमिकाहरुले धोका दिए के गर्नुहुन्छ ? भन्ने सामान्य प्रश्नको समेत सामना गर्न सकेनन् ।
फिल्मी दुनियामा धेरै उनी असहज भएर प्रस्तुत भइरहेको देखिन्छ । ग्लामर फिल्डमा यस्ता धेरै गतिविधिमा आफूलाई ढाल्ने क्षमता ‘हिरो’मा हुनु जरुरी छ ।
धेरै सोझो पनि नबन्नु है सौगात जी । सोझोलाई सबैले प्रयोग गर्छन् । अनि अलपत्र छोडिदिन्छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बुधबार  १० : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।