२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना काठमाडौंबाट पक्राउ



काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–२८ बस्ने ४६ वर्षीय प्रवीणकुमार शाह र काठमाडौँ महानगरपालिका-११ बस्ने रोल्पा त्रिवेणी गाउँपालिका–४ घर भएकी ३२ वर्षीया प्रतिज्ञा बुढामगर रहेका छन् ।

पक्राउ मध्ये प्रवीणले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख १८ हजार रुपैयाँ र प्रतिज्ञाले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

पीडितहरूको सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सोमबार प्रवीणलाई काठमाडौँ महानगरपालिका–२३ वसन्तपुरबाट र प्रतिज्ञालाई काठमाडौँ महानगरपालिका–१२ टेकुबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बुधबार  २ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।