१८ फाल्गुन २०८२, सोमबार | Tue Mar 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भिजिट भिसा प्रकरणपछि अमेरिकाद्वारा नेपालीलाई भिसामा कडाइ



काठमाडौं । अमेरिकाले नेपालीलाई भिसा दिन कडाइ गरेको छ । बुधबार काठमाडौंस्थित अमेरिकी दूतावासले सूचना जारी गरी कडाइका साथ सुरक्षा जाँचबिना भिसा दिन नसकिने बताएको हो ।

दूतावासले राष्ट्रिय सुरक्षामा सम्भावित खतरा पुरयाउन सक्ने व्यक्तिहरूलाई अमेरिका तर्फको यात्रामा प्रतिबन्ध लगाउनु अमेरिकी नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने मुख्य उपाय भएको बताएको छ ।

दूतावासले भनेको छ, ‘के तपाईं अमेरिकी भिसाका लागि आवेदन दिने सोच्दै हुनुहुन्छ ? अमेरिकाको राष्ट्रिय सुरक्षा हाम्रो उच्च प्राथमिकता हो । प्रत्येक यात्रुले कडा सुरक्षा जाँच प्रक्रियाबाट जानुपर्छ जसमा कानून कार्यान्वयन निकायका रेकर्डहरू र आतंकवादविरोधी डाटाबेसहरूमा नाम जाँच पनि समावेश हुन्छ। सबै सुरक्षा जाँचहरु पूर्ण रूपमा समाधान नभएसम्म तपाईंको भिसा जारी हुनेछैन । राष्ट्रिय सुरक्षामा सम्भावित खतरा पुर्याउन सक्ने व्यक्तिहरूलाई अमेरिका तर्फको यात्रामा प्रतिबन्ध लगाउनु अमेरिकी नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने मुख्य उपाय हो।’

भिजिट भिसा प्रकरणमा अध्यागमनका कर्मचारी नै मुछिएपछि दूतावासले यसबारेमा थप सचेत गराएको हो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बुधबार  ५ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।