२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कोटी होमदेखि हलसम्म पुगे ‘महानायक’ राजेश हमाल, नाँचे दर्शकसँगै



 

कोटी होममा १ घन्टा जस्तो समय बिताएका राजेश हमाल पोखराका मिडटाउन र क्यूएफएक्स हलमा दर्शकसँग साक्षात्कार गर्न पुगेका थिए । हलमा पुगेका हमालले दर्शकसँग तस्वीर खिचाए, नृत्य गरे र खुशी साटे । फिल्मको बारेमा हमालले दर्शकसँग प्रतिक्रिया पनि लिए ।

काठमाडौं । ‘महानायक’ राजेश हमालले चलचित्र ‘नरसिंहाः अवतार’को प्रचारलाई अझै आक्रामक रुपमा अगाडि बढाइरहेका छन् । चलचित्र रिलिजको दोस्रो सातासम्म आइपुग्दा पनि हमालको देश दौडाहा रोकिएको छैन ।

उनै, हमाल मंगलबार पोखरा पुगे । फिल्मको सिंगो टिमसहित पोखरा पुगेका हमाल दिनभर व्यस्त रहे । पोखरामा जारी कोटी होममा नायक हमालले १ घन्टा समय बिताए । कोटीहोममा पुगेर उनले जीवन र दर्शनको कुरा गरे । धर्म र मनोरञ्जनको कुरा गरे । हमालको कुराले पोखरेलीवासीहरु प्रभावित बनेका थिए ।

कोटी होममा १ घन्टा जस्तो समय बिताएका राजेश हमाल पोखराका मिडटाउन र क्यूएफएक्स हलमा दर्शकसँग साक्षात्कार गर्न पुगेका थिए । हलमा पुगेका हमालले दर्शकसँग तस्वीर खिचाए, नृत्य गरे र खुशी साटे । फिल्मको बारेमा हमालले दर्शकसँग प्रतिक्रिया पनि लिए ।

पोखरामा हमालको क्रेज गज्जब देखियो । हमाललाई फिल्मको टिमले बाजागाजा बजाएरै स्वागत गरेको थियो । हल–हलमा बाजा बजाउँदै हमाललाई प्रवेश गराइएको थियो । पोखरेली दर्शकहरु राजेश हमालको उपस्थितीले दंग देखिए । हमालको साथमा फिल्मका मुख्य नायक राज कटुवाल, नायिका सनिषा भट्टराई, निर्माता ध्रुव न्यौपाने, बाल कलाकार एभिलिना खड्का, कलाकार रमेश चन्द सोडारी, वितरक छविराज ओझा लगायत पोखरा पुगेका थिए ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म जेठको ९ गतेबाट रिलिजमा आएको हो । फिल्ममा ध्रुव न्यौपाने, नेम महर्जन, नरेन्द्र महर्जन, दीपक प्रसाद ढकालको लगानी छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बुधबार  ५ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।