१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दुई युवाहरुबीच कुटपिट र झगडा, किशोरको निधन



दाङ
तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच भएको कुटपिटमा गम्भीर घाइते भएका किशोरको निधन भएको छ ।

नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा रुकुम बाँफिकोट गाउँपालिकाका स्थायी बासिन्दा १४ वर्षीय विराज गिरीको निधन भएको प्रहरीले जनाएको छ । निजको टाउकोमा गम्भीर चोट लागेको थियो ।

तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार बुधबार १५ वर्षीय यज्ञ वली र गिरीबीच भएको झगडा कुटपिटमा परिणत भएको थियो । वलीलाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, बिहिबार  १० : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।