काठमाडौं
चलचित्र ‘मोहर’को पोष्टरमा अभिनेता पल शाहको दोहोरो अवतार देखिएको छ ।
भर्खरै सार्वजनिक चलचित्रको प्रचार सामाग्री पोस्टरमा अभिनेता शाह नायिका वेनिशा हमालसँग लामो कपाल पालेर अंगालोमा बाँधिएका छन् । यता, उनी छोटो कपालको साथमा नायिका नीति शाहको अंगालोमा बाँधिएको देख्न सकिन्छ । यसले, कतै पल चलचित्रमा दोहोरो भूमिकामा त छैनन् भन्ने उत्सुकता दर्शकमाझ उत्पन्न हुनसक्छ ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको नयाँ पोष्टरले खास केही कुरा बताउन खोजेको देखिन्छ ।
चलचित्र ‘मोहर’लाई ‘अलिखित नियमहरुमा आधारित कथा’ भनिएको छ ।
चुम्बन जंग शाहीको निर्माणमा तयार भएको यस चलचित्र मा अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल–कलाकार सारा शर्माको पनि मुख्य भूमिका छ ।
फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो चलचित्रमा गिरिराज घिमिरे मुख्य सहायक निर्देशक र लक्ष्मण राज पौडेल निर्माण नियन्त्रकको रुपमा छन् ।
यो चलचित्रको टिजर जेठको २७ गते सार्वजनिक हुँदैछ भने चलचित्र यही साउन २३ गतेबाट देशभर प्रदृशनको तयारीमा छ ।








प्रतिक्रिया