१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पतञ्जली जग्गा प्रकरणः पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा(पूर्णपाठ)



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समावेश गरी ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले पतन्जलीको जग्गा हिनामिनाको आरोपमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ माग गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दामा पूर्वप्रधानमन्त्री नेपाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था गरिएको छ भने दफा ३ को उपदफा (१) को प्रावधानअनुसार कारबाही समेत माग गरिएको छ । साथै, जरिवाना र थप सजायको माग पनि गरिएको छ ।

आयोगले आरोपितहरूलाई दुरुपयोगका घटनामा संलग्न भएको ठहर गर्दै कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, बिहिबार  ३ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।