३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सप्तकोशीमा अभ्यास गर्दै गर्दा गोताखोर बेपत्ता   



सुनसरी । सप्तकोशी नदीमा सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता भएका छन् । सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालयले सप्तरी र सुनसरीलाई छुट्याउने सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा गोताखोर बेपत्ता भएको जानकारी दिएको छ ।

बेपत्ता हुनेमा दन्तकाली तालिम केन्द्र बरमजियाका प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी रहेको कार्यालयले जनाएको छ । उनीहरू विपद्का बेला नदीमा फसेका व्यक्तिहरुको उद्धार गर्ने तरिका सिक्नका लागि अभ्यास गर्दै थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले बेपत्ता भएका गोताखोरहरूको खोजी भइरहेको बताए । उनले भने, “बेपत्ताको खोजीमा तीव्रता दिएको छ । आवश्यक सहयोगका लागि स्थानीय प्रशासनसँग समन्वय गरिरहेको छ ।”

प्रकाशित मिति : २३ जेष्ठ २०८२, बिहिबार  ७ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।