२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


अमेरिकामा एकै परिवारका चार नेपालीको हत्या



 

अमेरिकामा एकै परिवारका चार नेपालीको हत्या भएको छ ।

गए राति भर्जिनियाको मानासास पार्कमा रहेको एक घरमा दुई बालबालिका र दुई वयस्कलाई गोली हानी हत्या गरिएको अवस्थामा फेला पारेको त्याँहाको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले २ वर्षीय बालक, ८ वर्षीया बालिका, ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठ गोली लागेर मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलबाट एउटा बन्दुक बरामद भएको छ । छिमेकीहरूका अनुसार करिब छ महिनाअघि नेपालबाट सो परिवार अमेरिका पुगेको थियो ।

चारै जनाको गोली लागेर निधन भएको प्रहरीले पुष्टि गरेको छ । प्रहरीले हत्या वा आत्महत्या को विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०८२, शनिबार  १० : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।