काठमाडौं
पछिल्लो समयको बहुप्रतिक्षित चलचित्र ‘बलिदान’को लागि अभिनेता सौगात मल्ल रहस्यमय अवतारमा देखिएका छन् ।
भर्खरै सार्वजनिक चलचित्रका दुइ पोस्टरमा अभिनेता मल्ल सशक्त र रहस्यमय अवतारमा देखिएका हुन् ।
फरक र सुन्दर अभिनय कलाका लागि नाम कमाएका अभिनेता मल्लको यस चलचित्रको भूमिकालाई निकै चासोका साथ दर्शकले प्रतिक्षा गरिरहेका छन् ।
उनको यो फरक र शक्तिशाली अवतारले दर्शकहरूलाई सिनेमा घरसम्म तान्न सफल हुने अपेक्षा गरिएको छ । ‘बलिदान’लाई बडादशैंकोे माहौलमा दर्शकहरूका लागि एउटा उत्कृष्ट मनोरञ्जनको खुराकको रूपमा हेरिएको छ ।
चलचित्रका निर्देशक सन्तोष सेन हुन् ।
‘बलिदान’मा समीर भट्ट, सौगात मल्लसँगै अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ । पवन ब्राडफोर्ड बिस्ट निर्माता तथा प्रेम पुरी कार्यकारी निर्माता रहेका छन् ।
यसअघि ‘बलिदान’का अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर प्रि टिजर सार्वजनिक गरिएको थियो । प्रि टिजर नेपाली बसोबास रहेको धेरै देशहरुमा ट्रडिङमा आएको थियो ।
आगामी बडादसैँको फूलपातीको दिनदेखि चलचित्र देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ ।








प्रतिक्रिया