बाजुरा
बाम्का बजारमा ग्याँस चुआवटपछि फैलिएको भिषण आगलागीबाट करिव १५ करोडको क्षति भएको छ । पिडितलाई बुढीनन्दा नगरपालिका एक लाख सहयोग दिएको छ ।
बाम्का आगलागीपीडितलाई बुढीनन्दा नगरपालिकाले रु एक लाख राहतस्वरुप सहयोग गरेको हो । बुढीनन्दा मेयर रामबहादुर बानियाँले अग्निपीडित राहत व्यवस्थापन समितिका संयोजक बानियाँलाई रु एक लाख नगद हस्तान्तरण गरेका बुढीगङ्गा –६ का वडाध्यक्ष जैशीले बताएका छन् ।
आगलागीपीडितका लागि राहत वितरण तथा पुनःस्थापनमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको मेयर बोहराले बताए। विपत्तिका बेला सबै स्थानीय तहले सहयोग गर्नुपर्ने उनले बताएका छन् ।
बुढीगङ्गा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गर्न एकद्वार प्रणाली अपनाउने भएको छ ।
गत शुक्रबार नवदुर्गा होटलमा खाना पकाउन राखिएको सिलिण्डरबाट ग्यास चुहावट भएर आगलागी हुँदा ३१ पसल पूर्ण रूपमा क्षति भएको छभने सात पसलमा आंशिक क्षति भएको प्रारम्भिक अनुमान छ ।
आगलागीबाट बजार नै ध्वस्त हुँदा करिब रु १५ करोडभन्दा बढी क्षति भएको बताइएको छ ।
राहत वितरणका लागि बुढीगङ्गा नगरपालिकाका मेयर रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन समेत गरिएको छ ।
शनिबार बुढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले अग्निपीडितलाई राहत तथा पुनःस्थापनाका लागि एकद्धार प्रणालीमार्फत वितरण तथा पुनःस्थापना गर्न बुढीगङ्गा मेयर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको वडा नं ६ का वडाध्यक्ष हेमराज जैशीले जानकारी दिएका छन् ।
उनका अनुसार समितिमा त्रिवेणी मेयर कर्णबहादुर थापा, उपमेयर कमला जैशी ९न्यौपान०, बुढीगङ्गा नगरपालिकाका उपमेयरमाया खड्का ९कँुवर०, लगायत छन् । दुवै नगरपालिकाको संयुक्त बैठकले आगलागीपीडितलाई उचित राहत र पुनःस्थापनाका लागि स्थानीय तह, सङ्घ, प्रदेश र सङ्घसंस्थालाई आह्वान गर्ने निर्णय गरिएको त्रिवेणीका मेयर थापाले बताएका छन् ।







प्रतिक्रिया