३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बागमतीसहित ठूला ३ नदी र ८ जिल्लामा सतर्कता अपनाऔँ: बाढी महाशाखा



काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले हरेक दिनझैँ आज (जेठ २५, आइतबार) पनि सम्भावित बाढीबारे जानकारी दिएको छ। बिहान ८ बजे जारी बुलेटिनअनुसार महाशाखाले आज ८ जिल्लाका खाेला/नदीमा बाढीको जोखिम रहेको आकलन गरेको छ।

सूचनामा भनिएको छ: आज इलाम, पाँचथर, खोटाङ, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीमा बहाब बढ्ने सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ।

यस्तै बाढी महाशाखाले आगामी ३ दिन (मंगलबारसम्म) को सम्भावित बाढीबारे पनि जानकारी दिएको छ।

महाशाखाका अनुसार आगामी ३ दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पुर्वानुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाउन आवश्यक देखिन्छ।

बाढी महाशाखाको बुलेटिनमा अगाडि भनिएको छ: कन्काई, कमला र बागमतीमा बहाब केही हदसम्म बढ्न सक्ने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाइराखौँ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, आइतबार  ११ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।