१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


छोराको प्रेमिकालाई आगो लगाएर बाबुले गरे हत्या



काठमाडौं । कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिवादीलाई मोरङ प्रहरीले शनिबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–१६ का ५५ वर्षीय एसराज लामा पक्राउ परेका हुन् ।

झापाको अर्जुनधारा नगरपालिका–११ घर भएकी २१ वर्षीय ईशा योगी शेर्पाको विराटनगर महानगरपालिका–१६ मा भाडा बसेर पसलमा काम गर्ने क्रममा रेम्बो भन्ने रुद्र राज लामासँग प्रेम गाँसिएको थियो । तर, दुई जनाबिच विवाद भएपछि २०७६ वैशाख १ गते रुद्र राज लामाले ईशालाई घरमा बोलाएर परिवारसमेतको मिलेमतोमा उनको शरीरमा पेट्रोल छर्की आगो लगाएर गम्भीर घाइते बनाएका थिए।

ईशालाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै काठमाडौंको कीर्तिपुरस्थित अस्पताल ल्याइए पनि उपचारकै क्रममा मृत्यु भएको थियो। लामासहित उनको परिवारविरुद्ध २०७६ साल जेठ १३ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको भएको थियो । त्यसयता उनीहरू फरार रहेका थिए।
गोप्य सूचनाको आधारमा मोरङ प्रहरीको टोलीले रुद्र लामाका बुवा एसराज लामालाई २०८२ जेठ २४ गते पक्राउ गर्न सफल भएको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, आइतबार  ९ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।