काठमाडौं
नेपाली चलचित्रमा विरलै राखिने मारुनी गीत ‘सोल्टिनी’मा समावेश गरिएको छ ।
‘सोल्टिनी’मा राखिएको पूर्वेली मारुनी भाका मारुनी गीत ‘सत्य जुगैको’ भर्खरै सार्वजनिक भएको छ ।
प्रशान्त सिवाकोटी र अस्मिता अधिकारीको स्वर रहेका गीतमासङ्गीत तथा शब्द प्रशान्त सिवाकोटीले नै सिर्जना गरेका हुन् ।
भोजपुरमा छायाङ्कन गरिएको यस गीतको भिडियोमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुसँगै कलाकारहरू सुन्दर धिताल र सब्बु गुरुङले नृत्य प्रस्तुत गरेका छन् ।
गीतको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् । करिब ७र८ वर्षपछि नेपाली चलचित्रमा मारुनी गीत समावेश भएको छ, जसले दर्शकमाझ विशेष चासो जगाउने अपेक्षा लिएको चलचित्रका निर्देशक अर्जुन सुवेदीले बताए ।
यो चलचित्र इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय दृश्यहरूमा छायाङ्कन गरिएको छ ।
चलचित्रमा प्रकाश र परीक्षाको साथमा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् । रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले पोस्टर तथा पब्लिसिटी डिजाइन गरेका छन् भने आरआर फिल्मस् प्रा।लि।ले नेपालमा वितरण गर्नेछ । चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।
आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर चलचित्र प्रर्दशन गर्ने निर्माण पक्षको योजना छ ।








प्रतिक्रिया