२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘महाभोज’का दृश्य दबाबमा काँटछाँट भए विरुद्धमा उभिने सहकारी पिडितहरुको चेतावनी



 

सहकारी पिडितहरुले चलचित्र ‘महाभोज’का दृश्य दबाबमा काँटछाँट भए विरुद्धमा आफूहरू उभिने चेतावनी दिएका छन् । चलचित्र हेरेपछि चर्को स्वरमा आक्रोश पोख्दै ‘महाभोज’ ले विगतमा ‘आगो’ चलचित्रले जस्तै विद्रोह जन्माउन सक्ने उनीहरुको प्रतिकृया थियो ।
च्लचित्र प्रर्दशनको पुर्वसन्ध्यामा निर्माण पक्षले पोखरामा आयोजना गरेको प्रिभ्यूप्रिमियरमा सहभागीहरुले उत्साहजनक प्रतिकृया दिएका हुन् ।
चलचित्रको परिवेशमा पूर्ण रूपमा भिजेका दर्शकहरूले उनीहरूले यो चलचित्रमा सत्ताधारीहरूलाई नै तलमाथि गराउन सक्ने शक्ति रहेको विश्वास व्यक्त गरे ।
चलचित्र हेरेपश्चात् दर्शकले यसको कथा, प्रस्तुति शैली र कलाकारहरूको अभिनय को व्यापक प्रशंसा गरेका छन् । तर, प्रशंसासँगै दर्शकहरूमा एक प्रकारको आक्रोश पनि देखिएको थियो ।

प्रिमियरमा चलचित्रका प्रमुख कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक दिनेश राउत र निर्माता हिमाल कडरिया लगायतको उपस्थिति थियो ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी दुर्गादेवी शर्मा, केही सहकारी पीडितहरू, विभिन्न क्षेत्रका व्यक्तित्वहरू तथा पत्रकारहरूले दर्शकको रूपमा चलचित्र हेरेका थिए ।

‘महाभोज’ ले सहकारी पीडितको कथालाई विस्तृतमा प्रस्तुत गरेको प्रतिक्रिया काठमाडौंमा केही दिनअघि आयोजित प्रिभ्यु शोबाट पनि प्राप्त भएको थियो, जहाँ दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए । साथै, दर्शकले यो चलचित्र मनोरञ्जक रहेको समेत बताए ।

क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा बनेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतका कलाकारहरूको प्रमुख अभिनय रहेको छ । चलचित्र ‘महाभोज’ यही शुक्रवार जेठ ३० गते देशभर प्रदर्शनमा आउँदै छ । पोखराको सफल प्रिमियरपश्चात् यसको प्रिमियर बुटवल, विराटनगर र धरानमा पनि क्रमशः आयोजना हुँदैछ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, मंगलबार  ८ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।