२८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


अमेरिकाको क्यालिफोर्नियामा अवैध आप्रवासी निष्कासनविरुद्ध प्रर्दशन हिंसात्मक



 

अमेरिकाको क्यालिफोर्नियाको लस एन्जलसमा जारी प्रदर्शन हिंसात्मक बनेको छ । हिंसामा हालसम्म दुई जनाको मृत्यु भइसकेको छ ।

अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने सरकारको आप्रवासन नीतिको विरोधमा भएको यो विरोधलाई नियन्त्रण गर्न केन्द्रले अब ७ सय मरीन सिपाहीहरूलाई लस एन्जलसमा पठाउने भएको छ, जसले राष्ट्रिय गार्डसँगै सुरक्षाको जिम्मा लिनेछन् । यी मरीन सिपाहीहरू दक्षिण क्यालिफोर्नियाको ट्वान्टी नाइन पाम्स बेसबाट आउँदैछन् ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमलाई पक्राउ गर्ने चेतावनी दिएका छन् । गेभिन लस एन्जलसमा राष्ट्रिय गार्डहरूको तैनाथीको विरोध गरिरहेका छन् । उनले राज्य सरकारले यसको लागि ट्रम्प विरुद्ध मुद्दा दायर गर्ने बताएका छन् ।

 

यसअघि ट्रम्पले लस एन्जलसमा हिंसा र तोडफोड फैलिएपछि त्यहाँ तैनाथ राष्ट्रिय गार्ड सिपाहीहरूको पनि प्रशंसा गरेका थिए । यी सिपाहीहरूलाई सामान्यतया राज्यका गभर्नरहरूको आदेशमा बोलाइन्छ, तर यस पटक ट्रम्प आफैंले तिनीहरूलाई तैनाथ गरेका थिए ।

विरोध प्रदर्शनको कभरेज गरिरहेकी अष्ट्रेलियाली पत्रकार लरेन टोमासीमाथि प्रहरीले हानेको रबरको गोली लागेको छ । यो घटना आइतबार नाइन न्यूजकी पत्रकार लरेन टोमासी लाइभ रिपोर्टिङ गरिरहेको बेला भएको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, मंगलबार  १० : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।