३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘मिरमिरे’मा प्रकाश सपूत



 

पछिल्लो पुस्ताका चर्चित अभिनेता प्रकाश सपूत चलचित्र ‘मिरमिरे’मा अभिनेता अनुबन्ध भएका छन् ।
केही समयअघि अभिनेता दयाहाङ राईलाई अनुबन्ध गराएको निर्माण पक्षले अभिनेता प्रकाशलाई यो सिनेमामा प्रवेश गराएको हो ।
चलचित्र ‘मिरमिरे’बाट प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्दैछन् ।

चलचित्रको निर्देशन यम शेर्पाले गर्ने भएका छन् । चलचित्र ‘कार्साङ’ मार्फत नेपाली चलचित्र क्षेत्रमा राम्रो छवि बनाएका शेर्पाले चलचित्र राम्रो बनाउन कुनै सम्झौता नगर्ने बताए ।

“हामी कलाकारसँग सम्झौताकै क्रममा छौँ । केहीसँग कुरा भइरहेको छ,” निर्देशक यम शेर्पाले भने, “हामी अहिले बजारले रुचाएका र अभिनयमा पक्कड भएका कलाकारलाई नै लिएर काम गर्नेछौँ ।”

अभिनेता प्रकाश सपूतले ‘मिरमिरे’मा जोडिन पाउँदा खुशी व्यक्त गरका छन्े ।

चलचित्रको निर्देशन सँगै कथा पनि यम शेर्पा स्वयंले लेखेका छन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

‘मिरमिरे’लाई २०८२ मा प्रर्दशन हुनेछ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, मंगलबार  ११ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।