२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


रूकुम पश्चिम पुगेकी गायिका रचना रिमाल बिरामी, हेलिकप्टरबाट काठमाडौं ल्याइयो



काठमाडौं । गायिका रचना रिमाल अस्पताल भर्ना भएकी छन्। सांगीतिक कार्यक्रमका लागि रुकुम-पश्चिम पुगेकी उनी बिरामी भएपछि अस्पताल ल्याइएको हो। सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उनलाई रुकुम पश्चिमबाट नेपालगन्ज लगिएकी रचनालाई मंगलबार बिहान काठमाडौँ ल्याएर अस्पताल भर्ना गरिएको स्रोतले जनाएको छ।

सोमबार रुकुम-पश्चिम पुगेकी उनले मंगलबार सानीभेरीको बेलटापुमा जारी महोत्सवमा प्रस्तुति दिने कार्यक्रम थियो। तर मंगलबार बिहान अचानक पेट दुखेपछि उनलाई काठमाडौं ल्याइएको हो। यतिखेर उनी काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना भएकी छन्।

 

प्रकाशित मिति : २८ जेष्ठ २०८२, मंगलबार  २ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।