२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अनेरास्ववियुको नेतृत्व चयनका लागि आज मतदान



 

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जारी महाधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान हुने भएको छ

नयाँ नेतृत्वको लागि अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलबीच प्रतिष्पर्धा हुने भएको हो ।

अनेरास्ववियुमा सर्वसम्मत नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएपनि प्रतिनिधिहरुले अस्वीकार गरेपछि मतदानमा जाने भएको हो ।

डा. सुजन कडरियालाई सर्वसम्मत अध्यक्ष बनाउन गरिएको प्रस्ताव प्रकाश पौडेल पक्षले अस्वीकार गरका थिए । सर्वसम्मत नेतृत्व चयन नभएपछि आज मतदान हुने भएको बताइएको छ ।
अनेरास्ववियुमा सर्वसम्मत नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएपनि प्रतिनिधिहरुले अस्वीकार गरेपछि मतदानमा जाने भएको हो ।

निर्वाचन समितिका अनुसार मतदानको समय बुधबार आज १० देखि ५ बजेसम्म तय गरिएको छ । मंगलबार रातिसम्म मनोनयन दर्ता गरेर निर्वाचन प्रक्रिया शुरु भएको भएपनि अझै सहमतिको प्रयास जारी रहेको बुझिएको छ ।

अनेरास्ववियु यस महाधिवेशनले ९ सदस्यीय पदाधिकारीसहित १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने छ ।

अनेरास्ववियुमा यस पटकदेखि ३२ बर्षे उमेर हदबन्दी लागेको छ । गत जेठ ११ गते बसेको एमाले सचिवालय बैठकले अनेरास्ववियुका कमिटीहरूमा ३२ वर्षे उमेरहद लगाउने निर्णय गरेको थियो ।

महाधिवेशनमा करिब १५ सय प्रतिनिधि सहभागी हुने बताइएको छ । यस महाधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव चार सचिवसहित १ सय ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बुधबार  १० : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।