२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पाटन दरबार क्षेत्रमा श्रीनिवास मल्लको सिंहासन प्रदर्शन



ललितपुर । ललितपुरको मंगलबजारस्थीत पाटन दरबार क्षेत्रमा श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रुपमा प्रदर्शन गरिएको छ।

नेवार परम्परा अनुसार वर्षको सबैभन्दा लामो दिन बुधबार ज्येष्ठ शुक्ल पूर्णिमा (ज्यापुन्हि)का अवसरमा मल्ल राजा श्रीनिवास मल्लको सिंहासन प्रदर्शनमा राखिएको हो।

हरेक वर्षको जेष्ठ शुक्ल पूर्णिमा अर्थात् ज्याः पूह्नीका दिन मङ्गलबजारमा श्रीनिवास मल्लको सिंहासन प्रदर्शन गर्ने गरिएको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिएका छन्।

यस दिन दरबार क्षेत्रमा मल्ल राजा सिद्धिनरसिंह मल्लको पौभाः र उनका छोरा श्रीनिवास मल्लको सिंहासन प्रदर्शन गर्ने परम्परा लामो समयदेखि रहदै आएको उनले बताए।

सिंहासन प्रदर्शनसँगै सङ्गीत महोत्सव आयोजना गरिएको छ। झण्डै ४ सय वर्ष अघिदेखि अर्थात् सिद्धि नरसिंह मल्लको पाला देखि जेष्ठ शुक्ल पूर्णिमाका दिन सङ्गीत महोत्सव गर्ने चलन रहिआएको छ। सङ्गीत महोत्सवमा राजा सिद्धिनरसिंह मल्लले तयार पार्नु भएको राग मल्हार सहित ३१ वटा राग गाउने गरिन्छ। अरु दिन भने सिंहासन र पौभाः पाटन म्युजियम भित्र सुरक्षित तरिकाले राख्ने गरिएको अध्यक्ष चित्रकारले बताएका छन्।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बुधबार  ३ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।