काठमाडौं
अभिनेत्री दिया पुनले युरोप महादेशको अग्लो हिमाल माउन्ट एल्ब्रुसको सफल आरोहण गरेही छिन् ।
संसारभरको सातै महादेशका अग्ला हिमाल आरोहणको योजना सहित अघि बढेकी अभिनेत्री पुनले चार महादेशका अग्ला हिमाल आरोहण गरिसकेकी छिन् ।
उनले हालसम्म एशियाको माउन्ट एभरेष्ट, अफ्रिकाको किलिमन्जारो दक्षिण अमेरिकाको अकोंकागुवा र हालै युरोपको माउन्ट एल्ब्रुस सफलतापूर्वक चढिसकेकी छिन् ।
उनी
ओसियानियाको कास्र्टेन्स उत्तर अमेरिकाको पिरामिड डेनाली र अन्टार्कटिकाको माउन्ट विन्सन आरोहणको योजनामा छिन् ।
उनले सो शिखरमा आफु अभिनित चलचित्र ‘एक्लो’ को पोस्टर र नेपालको राष्ट्रिय झन्डा पनि शिखरसम्म पुर्याएकी छिन् । चलचित्र ‘एक्लो’ मा उनले अन्तरीक्षयात्रीको भूमिका निर्वाह गरेकी छन् ।








प्रतिक्रिया