२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मेयर बालेन र उपमेयर डंगोलबीच भेटवार्ता, कार्यपालिका बैठक बोलाउने तयारी



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच लामो समयपछि छलफल भएको छ । छलफलमा मेयर बालेन र उपमेयर डंगोलबीच कार्यपालिका बैठक छिट्टै बोलाउने सहमति बनेको छ ।

उक्त छलफलमा वडा नं. १७ का वडाध्यक्ष नवीन मानन्धर, वडा नं. ३२ का वडाध्यक्ष नवराज पराजुली र वडा नं. १५ का वडाध्यक्ष ईश्वरमान डंगोल पनि सहभागी थिए । उनीहरूको उपस्थितिमा मेयर शाहले कार्यपालिका बैठक चाँडै डाक्ने प्रतिबद्धता जनाएका छन् ।

महानगरले करिब पाँच महिनादेखि कार्यपालिका बैठक बोलाउन सकेको थिएन । अन्तिमपटक गत १४ पुसमा नगरसभाअघि १६औं कार्यपालिका बैठक बसेको थियो । त्यसयता नगरका नीति, कार्यक्रम र बजेट तयारी ठप्पजस्तै थियो ।

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार असार १० भित्र नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने कानुनी बाध्यता हुँदाहुँदै पनि अहिलेसम्म तयारी सुरु नभएको अवस्था छ ।

मेयर बालेन शाहले महानगरका प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा हाजिर गर्न रोक लगाएपछि विवाद सुरु भएको थियो ।

गुरागाईंलाई पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै बालेनले कार्यालय प्रवेशमा रोक लगाएका थिए । तर भ्रष्टाचार सम्बन्धी कुनै आधिकारिक छानबिन नभएको भन्दै वडाध्यक्षहरू असन्तुष्ट बनेका थिए ।

उपमेयर डंगोलसहित केही वडाध्यक्षले मेयरको निर्देशनविपरीत गुरागाईंलाई कार्यालयमा हाजिर गराएपछि विवाद चुलिएको हो । त्यसपछि कार्यपालिका बैठक माग गर्दै १८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदस्यले ज्ञापनपत्र बुझाए पनि मेयरले बैठक बोलाएका थिएनन् ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०८२, बिहिबार  १ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।