२८ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


भारत विमान दुर्घटनामा २०४ जनाको शव भेटियो



एजेन्सी । गुजरातमा एयर इन्डियाको विमान दुर्घटनामा २०४ जनाको मृत्युको पुष्टि भएको त्यहाँका प्रहरी कमिस्नरले बताएका छन्। अहमदावादका प्रहरी प्रमुख जीएस मलिकले जीवित फेला पार्न मुस्किल रहेको जनाएका छन्।

२०४ वटा शव दुर्घटनास्थलबाट निकालिएको उनको भनाइ छ। तर ती सबै विमानका यात्रु हुन् अथवा स्थानीय भन्ने खुलेको छैन। विमानमा सवार यात्रु र चालकदलका सदस्यका अलावा अन्य व्यक्तिको मृत्यु भएको छ। विमान ठोक्किएपछि होस्टेलका ५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

होस्टेलबाट करिब ५० जनालाई अस्पताल लगिएको बताइएको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, बिहिबार  ७ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।