२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता पल शाहले रद्द गरे चलचित्र ‘महाराजधिराज’



 

अभिनेता पल शाहले चलचित्र ‘महाराजधिराज’मा अभिनय गर्ने सम्झौंता रद्द गरेका छन् ।

गएको कार्तिक १४ गते छत्रेश्वरी म्यानेजमेन्टसँग अभिनेता शाहले चलचित्र ‘महाराजधिराज’मा अभिनय मुख्य भूमिकाका लागि सम्झौता गरेका थिए ।

आफूले निर्माण गर्न लागेको चलचित्र ‘यानीमाया’ र ‘महाराजधिराज’को छाँयाकनको समय एउटै परेकाले आपसी सहमतिमा सम्झौता रद्द गरिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘पल शाह फिल्मस्ले निर्माण गर्ने चलचित्र मा म जिम्मेवार निर्माता र कलाकारको रुपमा भुमिका निभाउनु पर्ने अवस्था भएकाले दुबै चलचित्रको सुटिङ एउटै समयमा जाने भएकाले एउटा फिल्म छोड्नुपर्ने अवस्था आएको छ⁠ । अब मेरो पहिलो प्रथामिकता ‘यानीमाया’ हुने छ ।’

उनले श्राबणको पहिलो साताबाट कथा, भुगोल,मौसमका कारण छायाँकनमा जानै पर्ने बाध्यतामा कारण आफूले सो चलचित्र छोड्नु गरेको प्रष्ट पारेका छन् ।

साथै, निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्ट र पल शाहबीच दुवै पक्षको आपसी सहमतिमा आजका मितिदेखि औपचारिक रूपमा अन्त्य गरिएको विज्ञप्ती प्रकाशन गरेर जानकारी दिएको छ ।

विज्ञप्तीमार्फत यस सम्झौताको अन्त्यसँगै, अब उप्रान्त यस विषयलाई लिएर दुवै पक्षबाट कुनै पनि प्रकारको कुराकानी हुने नगर्ने र तेस्रो पक्षबाट आउने कहाँ, किन, कसरी, कसलेजस्ता प्रश्नहरूको विषयमा दुवै पक्षले कुनै पनि उत्तर सम्झौता गरेका छन् ।

चलचित्रमा यस अघि रमेश उप्रेती, आर्यन सिग्देल, वर्षा राउत, वर्षा सिवाकोटी, पुष्प खड्का, जयकिशन वस्नेत लगायतका कलाकारहरु अनुबन्धित भइसकेका छन् ।
चलचित्र घोषणासँगै शाहको नांगो तस्विरसँगै पोस्टर सार्वजनिक गरिएको थियो । सो पोस्टरलाई लिएर विभिन्न टिकाटिप्पणी भएको थियो ।
यस चलचित्रका कथा लेखन तथा निर्देशन परिच्छेद सेन रहेका छन्

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शुक्रबार  १२ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।