२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


अहमदावाद विमान दुर्घटनाः एक व्यक्तिको जीवितै उद्धार



 

अहमदावादमा भएको विमा दुर्घटनामा परी घाइते बनेका एक व्यक्तिलाई उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले एयर इन्डियाको विमान उडेको केही बेरमै नजिकैको चिकित्सकहरूको होस्टलमा ठोक्किएर दुर्घटना भएको र उक्त घटनामा एक जना जीवित फेला परेको पुष्टि गर्नुभएको छ ।

बिहीबार दिउँसो लण्डनका लागि उडेको बोइङ ७८७–८ ड्रिमलाइनर विमान सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही बेरमै १ः३० बजे दुर्घटनाग्रस्त भएको थियो ।

एएनआईसँग फोनमा कुरा गर्दै मलिकले भने, “प्रहरीले सिट ११ ए मा एक जना जीवित व्यक्ति फेला पारेको छ। उहाँको अस्पतालमा उपचार भइरहेको छ ।”

उनले भने, “मृत्यु हुनेको सङ्ख्याबारे केही भन्न सकिने अवस्था छैन । आवासीय क्षेत्रमा विमान दुर्घटना भएकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ।”

दुर्घटनापछि केन्द्रीय ‘रिजर्भ पुलिस फोर्स (सिआरपिएफ)’ ले उद्धार र राहत कार्यमा सहयोग गर्न करिब १ सय ५० सुरक्षाकर्मी परिचालन गरेको छ ।

सीआरपीएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “र्‍यापिड एक्सन फोर्स (आरएएफ)को १ सय बटालियनका जवानका साथै गान्धीनगरस्थित सीआरपीएफको ‘ग्रुप सेन्टर’का जवानलाई दुर्घटनास्थलमा पठाइएको छ ।

गुजरात सरकारले पनि गान्धीनगरका ९० जना कर्मचारी सम्मिलित तीन वटा राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) टोलीलाई उद्धार कार्यमा सहयोग गर्न परिचालन गरेको छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शुक्रबार  १० : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।