२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बिरामीको ज्यान गएपछि चाबहिल ओम हस्पिटललाई ५० लाख ७० हजार क्षतिपूर्ति तिराउने फैसला



काठमाडौं । चिकित्सकीय लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै चाबहिलस्थित ओम हस्पिटललाई उपभोक्ता अदालतले ५० लाख ७० हजार रूपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको छ।

यो मुद्दा उपभोक्ता अदालतमा दर्ता भएको पहिलो मुद्दा हो जुन २०८० चैत २ गते दर्ता भएको थियो। अदालतले बिहीबार निर्णय सुनाउँदै अस्पतालको लापरबाहीकै कारण बिरामीको मृत्यु भएको भन्दै क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएको हो।

अदालतका अध्यक्ष रामप्रसाद शर्मा र सदस्यद्वय गेहेन्द्र राज रेग्मी र आनन्दराज पोखरेलको इजलासले लापरबाहीबाट भएको क्षतिको ८० प्रतिशत अस्पतालले र बाँकी २० प्रतिशत जिम्मेवारी चिकित्सकले वहन गर्नुपर्ने ठहर गरेको छ। चिकित्सकहरूलाई ६ लाख १० हजार रूपैयाँ छुट्टै तिर्नुपर्ने आदेश दिएको छ।

यो मुद्दा बुढानीलकण्ठ–९ का बसन्त गौतमले दायर गरेका थिए। उनका ९८ वर्षीय बाबु हरिहरप्रसाद गौतम ओम हस्पिटलमा उपचारका लागि भर्ना भएका थिए। बाथरुममा लडेका बाबुको अस्पतालले परीक्षण नगरी सिधै पीडाबाट राहत दिने इन्जेक्सन दिएको र त्यसकै कारण मृत्यु भएको भन्दै बसन्तले ५ करोड क्षतिपूर्तिको माग गरेका थिए।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शुक्रबार  ११ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।