२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सहकारी पिडित अभिनेत्री बसुन्धरा : जसले आफूजस्तै पिडितको भूमिकामा चलचित्रमा अभिनय गरिन्



 

काठमाडौँ

आफैं सहकारी पिडित अभिनेत्री बसुन्धरा भुसाल जसले आफूजस्तै पिडितको भूमिकामा चलचित्र ‘महाभोज’मा देखिएकी छिन् ।

अभिनेत्री वसुन्धरा भुसालले सहकारी अपचलनसम्बन्धी कथामा आधारित रहेर चलचित्र ‘महाभोज’ तयार भएको बताएकी छिन् । नेपालको पहिलो चलचित्र ‘आमा’ मासमेत अभिनय गरेकी अभिनेत्री भुसालले सहकारीका नाममा ठगिएका नागरिकको पीडा, राजनीतिक पहुँचको आडमा गरिएको दुरुपयोग र सामाजिक असमानताका विषयवस्तुलाई सशक्त रूपमा उठाइएको बताइन् ।

अभिनेत्री भुसालले भनिन्, “म आफैँ सहकारी पीडित हुँ, मैले यसविरुद्ध आवाज उठाएँ, आन्दोलन गरेँ तर न्याय अझै पाएकी छैन । यो चलचित्र हामीजस्ता अन्यायमा परेका पीडितको आवाज हो । यसले एउटा बुलन्द आवाज उठान गर्छ भन्ने मैले विश्वास लिएकी छु ।”

अभिनेत्री भुसालले सहकारीमा जीवनभरको रकम बचत गरेका मानिसले रकम फिर्ता नपाउँदा जीविकोपार्जनमा कठिनाइ भोग्नुपरेको बताउछिन् । सहकारीमा बचत गरेको रकम अपचलन हुँदा आफूसहित केही नजिकका नातेदारलाई समस्या परिरहेका कारण उक्त चलचित्रले हालको एउटा सशक्त समस्यालाई उठान गरेको अभिनेत्री भुसालले बताइन् । “चलचित्रलाई समाजको ऐना पनि भनिन्छ, त्यसैले समसामयिक विषयलाई यस चलचित्रमा प्रस्तुत गरेका हौँ । यद्यपि, यो सहकारीको विषयमा मात्र केन्द्रित छैन”, उनले भनिन् ।

चलचित्रमा अभिनेता दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायत कलाकारले अभिनय गरेका छन् ।

उक्त चलचित्रलाई ‘क्लकवर्क क्रियसन’ र ‘पिक्चर फ्रेम’ ले संयुक्त रूपमा निर्माण गरेका हुन् । चलचित्र आजदेखि प्रदर्शनमा आएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शुक्रबार  ३ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।