२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ग्वार्को फ्लाईओभरको मुख्य संरचना निर्माण पूरा



ललितपुर । ललितपुर ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ । फ्लाई ओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ ।

निरीक्षणका क्रममा मन्त्री दाहालले सो फ्लाई ओभर निर्माणको कार्य नौलो अभ्यास भएकाले केहि ढिला भएको बताए । यसै गरि अन्य निर्माणाधिन योजना तथा आयोजनाहरु पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको उनले जानकारी दिए ।

निरीक्षणका क्रममा सडक विभागका महानिर्देशक डा। विजय जैशीले मुख्य संरचनाहरुको निर्माण पूरा भएको र अब केहि दिन भित्रमौ सार्वजनिक यातायात सञ्चालन गरिने बताए । यस्तै सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बाराहीले अब फ्लाईओभरको मध्य भागमा डिभाईडर राख्ने तथा केहि सामान्यकामहरु बाँकि छ ।

२३ दिन भित्रै बाँकि कामहरु पूरा भए पछि यातायात सञ्चालनका लागि खुल्ला गरिने उनले बताए । पूर्वनिर्धारित समयमा निर्माण कार्य पूरा हुन नसके पछि मन्त्री दाहालले पटक पटक निरीक्षण र अनुगमन पछि चाँडै काम सक्न निर्देशन दिए ।

 

प्रकाशित मिति : ३२ जेष्ठ २०८२, शनिबार  ५ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।