२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कान्ति लोकपथ र अरनिको राजमार्गसहित यी ५ सडक बन्द



काठमाडौं । पहिरोले कान्ति लोकपथ र अरनिको राजमार्गसहित देशका मुख्य पाँचवटा सडक मार्ग अवरुद्ध भएका छन्। मकवानपुरको भीमफेदी गाउँपालिका ८ भर्याङडाँडामा पहिरो खस्दा आइतबार बिहानदेखि कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यसैगरि सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका २ कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पनि अवरुद्ध बनेको छ। ललितपुरको बागमती गाउँपालिका ६ रुम्बाडाँडामा पिहरो खस्दा आश्राङदेखि गिम्दी जाने सडक पनि पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यसैगरि खोटाङको दिप्रुङ चुइचुम्पा गाउँपालिका ४ मा पहिरो खस्दा दिक्तेल गाईघाट सडक पनि अवरुद्ध भएको छ। खोटाङकै हलेसी तुवाचुङ नगरपालिका १० बर्खेटारमा पनि पहिरो खस्दा मध्यपहाडी लोकमार्ग एकतर्फी रुपमा बन्द भएको छ।

धनकुटाको साँगुरीगढी गाउँपालिका ५ मा पहिरो खस्दा रवि राँके भेडेटार सडक पनि आज बिहानदेखि पूर्णरुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १२ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।