काठमाडौं
परिवारसहित जामाचो हाइकिङबाट फर्कने क्रममा हराएका एक बालकलाई उद्धार गरिएको छ । गोंगबु गणेशथान निवासी १३ वर्षीय बालकलाई भैरवीदल गण, नागार्जुनबाट खटिएको खोज तथा उद्धार टोलीले भिरबाट ६०० मिटर तल घाइते अवस्थामा फेला पारेको हो । उनलाई प्राथमिक उपचार पश्चात् थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको नेपाली सेनाले जनाएको छ ।








प्रतिक्रिया