२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अनमोलको नयाँ फिल्म ‘बाटुलो जुन’बन्ने



काठमाडौं । नायक अनमोल केसीले काम गर्न लागेको नयाँ फिल्मको नाम ‘बाटुलो जुन’ राखिएको छ । होम प्रोडक्सनमा बन्न लागेको फिल्मको तयारीमा अनमोल लागिरहेका छन् । फिल्मका निर्देशक तथा निर्माता भुवन केसीले कथालाई अन्तिम रुप दिन लागिपरेका छन् ।

पहिलो चरणको छायांकन एक साता गरेपछि निर्माणपक्षले भदौमा बाँकी छायांकन गर्नेछ । फिल्मले ग्रामीण परिवेशको कथा भन्नेछ । भुवन केसीले फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गरिसकेका छन् ।

फिल्ममा नायक अनमोल केसी गाउँले युवकको भूमिकामा देखिदैछन् । उनको साथमा फिल्ममा दुई नायिका हुने पक्का भइसकेको छ । तर, दुवै नायिका नयाँ हुने वुझिएको छ । दुवै नायिकालाई अडिसनबाट छनोट गरिएको वुझिएको छ ।

प्राय फिल्ममा अनमोल धनाढ्य बाबुको भूमिकामा देखिदै आएका छन् । यसपटक भने उनले आफूलाई गाउँले भूमिकामा प्रस्तुत गर्न लागेका हुन् ।

फिल्म ‘बाटुलो जुन’मा एसडी योगीले संगीत भरिसकेका छन् । एसडीले तयार पारेको गीतमा ‘बाटुलो जुन’ शब्द प्रयोग भएपछि निर्देशक केसीले सोही नाममा फिल्म बनाउन लागेका हुन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ३ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।