२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘रियाल रिङ्गेट’को टिजरमा वैदेशिक रोजगारीको पिडा



काठमाडौं
चलचित्र ‘रियाल रिङ्गेट’को टिजर भर्खरै युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

चलचित्रको निर्माण कम्पनी रेबेल फिल्म्सले आइतबार दर्शकमा टिजर सार्वजनिक गरेको हो ।

टिजरमा वैदेशिक रोजगारीमा मरुभूमिको देश पुगेका नेपालीहरुको पिडा छछल्किएको छ ।

 

विभोर पोखरेलको निर्देशनमा बनेको यस चलचित्रमा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको लेखन प्रदीप भारद्वाजले गरेका हुन् ।

टिजरान नेपाली युवाहरूले विदेशी भूमिका नेपालहिरुले गरेको सङ्घर्ष र कष्टलाई उतारिएको छ । चलचित्रमा मरुभूमिमा नेपालीहरुले गरेको दुःख र कष्टहरु समेटिएको छ ।

चलचित्रको नाम ‘रियाल रिङ्गेट’ कतार र साउदी अरेबियाको मुद्रा ‘रियाल’ तथा मलेसियाको मुद्रा ‘रिङ्गेट’ को मिश्रणबाट राखिएको छ । चलचित्रका निर्माता गगनलाल प्रधान हुन् ।

भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र उपत्यका बाहिर लेटाङ चलचित्रको छायाङ्कन गरिएको छ ।
चलचित्र यही साउन १६ गते देशभर प्रर्दशनको तयारीमा छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १० : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।