१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अनाधिकृत रुपमा फुटपाथ र सडकहरुमा खन्ने, फुटाउने काम नगर्नुः ललितपुर महानगर



ललितपुर । ललितपुर महानगरपालिकाले सहर क्षेत्रको सडक तथा पैदल मार्ग (फुटपाथ)मा जथाभावी नखन्न चेतावनी दिएको छ।

ललितपर महानगरपालिकाले आज सूचना जारी गर्दै विना स्वीकृति अनाधिकृत रुपमा फुटपाथ र सडकहरुमा खन्ने, फुटाउने तथा उप्काउने कार्य भइरहेको भन्दै त्यसो नगर्न स्थानीयलाई सचेत गराएको हो।

‘यस्तो कार्यले महानगरको सौन्दर्यकरण र वातावरणमासमेत प्रतिकूल असर पर्नुका साथै सवारी दुर्घटनाको जोखिम र पैदल यात्रुलाईसमेत समस्या पर्न गएको गुनासाहरु आएका छन्,’ सूचनामा भनिएको छ, ‘नियमअनुसार सहमती लिएर मात्रै सडक तथा फुटपाथ खन्ने कार्य गर्नुहोला। अन्यथा नियमअनुसार कारबाही हुनेछ।’

यस वर्षको वर्षायाम सुरु भएकाले असार, साउन र भदौ (तीन महिना)सम्मको लागि सडक खन्न र फुटपाथ विगार्ने कार्यको स्वीकृतिसमेत रोक्का गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  २ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।