२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


फेसबुकमा ‘अलबिदा’ लेखेका डाक्टर सकुशल भेटिए



काठमाडौं । फेसबुकमा ‘अलबिदा’ लेखेका डाक्टर बालाजुमा सकुशल भेटिएका छन् । सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेका चिकित्सक डा केशव श्रेष्ठलाई प्रहरीले काठमाडौँमा सकुशल भेटिएका हुन् ।

जिल्ला प्रहरी परिसरको टोलीले बालाजुमा उनलाई भेटेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए। उनलाई प्रहरीले बालाजुको एक होटलमा सकुशल भेटाएको हो ।

जिल्ला अस्पताल रामेछापका डा. श्रेष्ठ आज बिहानबाट सम्पर्कविहीन भएका थिए । डा. श्रेष्ठ सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेखेर सम्पर्कविहीन भएपछि उनको खोजी तिब्र पारिएको थियो ।

२५ महिनाअघि रामेछाप अस्पतालमा सरुवा भएर आएका श्रेष्ठले १८ महिनादेखि अस्पतालको निमित्त प्रमुख भएर काम गरिरहेका थिए । बागमती प्रदेशको लोकसेवा आयोगबाट नाम निकालेर रामेछाप आएका उनले १८ महिनामा अस्पताललाई १५ शय्याबाट ५० मा स्तरोन्नति गराएका थिए । राजनीतिक हस्तक्षेप र कर्मचारीको असहयोगले आफूलाई पीडाबोध गराएको उनले उल्लेख गरेका छन् ।

सिस्टममा नबसेका कर्मचारीलाई कारबाही थालेपछि आफूमाथि अभद्र व्यवहार र हात हाल्नेसम्मको काम भएको पनि उनले लेखेका छन् । अस्पतालमा भइरहेको सबै गतिविधि मन्त्रायलाई जानकारी गराए पनि उल्टै आफूलाई अन्याय गरेको उनले उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ३ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।