२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सामाजिक सञ्जालमा ‘अल बिदा’ लेखेका डा. केशव श्रेष्ठले गृहमन्त्री लेखकलाई भेटे



काठमाडौं । डाक्टर केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् । उनले मंगलबार मन्त्री लेखकलाई मन्त्री क्वार्टर भैंसेपाटी पुगेर भेट गरेका हुन् । भेटका क्रममा उनले आफूलाई कार्यक्षेत्रमा भएको सहयोगबारे गुनासो पोखेका थिए । सो क्रममा गृहमन्त्रीले जस्तोसुकै असहज अवस्थाको पनि मुकाबिला गरेर अघि बढ्न सुझाव दिँदै आत्मबल बलियो बनाएर अघि बढ्न सुझाव दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

मेडिकल सुपरिटेन्डेन्टका रूपमा अस्पताल सुधार्न खोजे पनि राजनीतिक दबाब र धम्की आएको प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब र झुटा आरोपका कारण आफू आत्महत्या गर्न लागेको भन्दै सोमबार बिहान फेसबुकमार्फत ‘अलबिदा’ लेखेर उनी सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन भएपछि उनलाई प्रहरीले बालाजु क्षेत्रमा सकुशल फेला पारेका थियो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  २ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।