१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सामाजिक सञ्जालमा ‘अल बिदा’ लेखेका डा. केशव श्रेष्ठले गृहमन्त्री लेखकलाई भेटे



काठमाडौं । डाक्टर केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् । उनले मंगलबार मन्त्री लेखकलाई मन्त्री क्वार्टर भैंसेपाटी पुगेर भेट गरेका हुन् । भेटका क्रममा उनले आफूलाई कार्यक्षेत्रमा भएको सहयोगबारे गुनासो पोखेका थिए । सो क्रममा गृहमन्त्रीले जस्तोसुकै असहज अवस्थाको पनि मुकाबिला गरेर अघि बढ्न सुझाव दिँदै आत्मबल बलियो बनाएर अघि बढ्न सुझाव दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

मेडिकल सुपरिटेन्डेन्टका रूपमा अस्पताल सुधार्न खोजे पनि राजनीतिक दबाब र धम्की आएको प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब र झुटा आरोपका कारण आफू आत्महत्या गर्न लागेको भन्दै सोमबार बिहान फेसबुकमार्फत ‘अलबिदा’ लेखेर उनी सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन भएपछि उनलाई प्रहरीले बालाजु क्षेत्रमा सकुशल फेला पारेका थियो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  २ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।