२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लागूऔषध नाईट्राभेट २७० ट्याब्लेट र डाईजेपाम ४८ एम्पुलसहित एक जना पक्राउ



काठमाडौं । मकवानपुरबाट लागूऔषध नाईट्राभेट २७० ट्याब्लेट र डाईजेपाम ४८ एम्पुलसहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा मकवानपुर हेटौँडा महानगरपालिका-मा बस्ने ३० वर्षीय विकास देउलालाई सोमवार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार देउलालाई शंका लागी शरीर तथा घर कोठा समेतको रितपूर्वक खानतलासी गर्दा कोठामा रहेको सोफा भित्र लुकाई छिपाई राखिएको अवस्थामा नाईट्राभेट २७० ट्याब्लेट र डाईजेपाम ४८ एम्पल फेला परेको थियो । उक्त लागू औषध बरामद गरी उनलाई हाल नियन्त्रणमा लिइ लागू औषध सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  २ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।