२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को प्रचारमा एआई भिडियो, रहस्मयी हिममानव यतिको प्रयोग



काठमाडौं

पछिल्लो समय चलचित्रको प्रचारप्रसारमा नयाँ नयाँ प्रयोग सुरु भएको छ । चलचित्र बहावले पहिलो पल्ट एआई प्रविधिको प्रयोगबाट पोस्टर बनाएर प्रचार गरेको थियो ।

शहरमा भूत बनेर, बोकाको टाउको राखेर चलचित्र प्रचार गरेको दृश्य त देखिएकै थियो । केही दिन यता रहस्मयी हिममानव यतिको भिडियो यत्रतत्र देखिन थालेको छ ।

सार्वजनिक भिडियोमा रहस्यमयी हिममानव यति सिनेमा हलको बक्सअफिसमा पुगेर चलचित्र ‘अभिमन्यु’ कहिले लाग्छ भनेर सोधेको दृश्य रहेको छ । ‘हिमाली क्षेत्रमा सिनेमा हल छैन । त्यसैले चलचित्र हेर्न सहर बजार नै आउनुपर्छ’ भन्ने संवाद सहितको एआई भिडियो छ ।

अर्को भिडियोमा यतिले आफूले ‘पूर्ण बहादुरको सारङ्गी’ पनि हेरेको भन्दै ‘अभिमन्यु ः च्याप्टर–१’ पनि हेर्ने र यो सिनेमा भदौ २७ मा लाग्छ भनेको देखिन्छ ।

चलचित्रको निर्माण पक्षले ठूलो बजेट लाग्ने भिडियो एआईको प्रयोग गरेर चलचित्रको प्रचार गरिरहेको छ । निर्माणपक्षले सिनेमाको प्रचारमा यति किन राख्यो ? यतिजस्तै महत्वपूर्ण तर दुर्लभ सिनेमा हो ‘अभिमन्यु ः च्याप्टर–१’ भन्ने अर्थमा हो ? अथवा संयोग मात्रै हो ? यसबारे निर्माणपक्षले केही बताएको छैन ।

जे भए पनि निर्माणपक्षले चाहेको खण्डमा सस्तो र सरलमाध्यमबाट एआईको प्रयोग गरेर सिनेमाको प्रचार गर्न सक्छन् भन्ने चाहिँ यी दुई भिडियोबाट अनुशरण गर्न सकिन्छ ।

चलचित्र ‘अभिमन्यु ः च्याप्टर–१’को यसअघि नै काउन्ट–डाउन सुरु गरिसकेको छ । निर्माणपक्षले सयदिने काउन्ट–डाउन पोस्टर सार्वजनिक गर्दै सुरु गरेको थियो ।

चलचित्र ‘अभिमन्यु स् च्याप्टर–१’ अहिले पोस्टप्रोडक्सनमा छ । मुख्य भूमिकामा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौला छन् ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु ः च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो ।

मुकेश खनालको लेखन रहेको चलचित्रको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

यो चलचित्र विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा प्रर्दशनको तयारीमा छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ७ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।