२५ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दिलभूषणलाई पक्राउ नगर्न अन्तरिम आदेश



काठमाडौं । सञ्चारकर्मी दिलभूषण पाठकलाई धरपकड नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले गत सोमबार जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै धरपकड नगर्न आदेश दिएको हो ।

पाठकले दायर गरेको निषेधाज्ञा निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै गत सोमबार न्यायाधीश ऋषि राजभण्डारीको इजलासले कानुनबमोजिम बाहेक पक्राउ तथा धरपकड नगर्न अल्पकालीन आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ८ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।