२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लागुपदार्थ सेवन गरेर सवारी चलाएको आरोपमा बल्खुबाट ८ जना पक्राउ



काठमाडौं । लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाएको आरोपमा प्रहरीले ८ जना चालकलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१४ स्थित बल्खुमा सुमो काउन्टरका कर्मचारी र चालकलाई लापसे परीक्षण गर्दा ८ जना चालकले सेवन गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ ।

पक्राउ पर्नेमा उदयपुर घर भएका प्रदिप बिक, बारा घर भएका सन्तोष नेपाल, धिरज जैसवाल, अनुराग कुमार, तनहुँ घर भएका राम गुरुङ, झापा घर भएका निलेश सङ्ग्रौला, उदयपुरका विराज कार्की र काभ्रेपलाञ्चोकका गोमन तामाङ छन् ।

लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी अस्पतालसँग समन्वय गरेर लापसे परीक्षण गरिएको हाे । आरोपीहरू विरुद्ध प्रहरीले लागुऔषध सम्बन्धी कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ९ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।