२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘मोहर’कोे गीतमा अभिनेता पल र नीतिबीच छछल्किएको प्रेम



 

चलचित्र ‘मोहर’को पहिलो गीतमा अभिनेता पल शाह र नीति शाहबीच प्रेम भाव छछल्किएको दृश्य सार्वजनिक भएको छ । उनीहरुको ‘चाहिँदैन मोहर पर्दैन सुकी’ बोलको गीत आज सार्वजनिक भएको हो ।
राजधानीको कमलपोखरीस्थित एक चलचित्र भवनमा औपचारिक कायृक्रम आयोजना गरेर शरद हुमागाँई र विशाखा शाहीको स्वरमा रहेको चलचित्र ‘मोहर’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।
प्रमोद ढुंगानाको शब्द रहेको यस गीतमा सुरेश अधिकारीको संगीत छ ।

 

चलचित्रका निर्देशक ओम प्रतिक रहेका छन् भने चुम्बन जंग शाही फिल्मका निर्माता हुन् ।
चलचित्रमा पल र नीतिसँगै अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा र बाल–कलाकार सारा शर्माको अभिनय रहेको छ ।
गीत सार्वजनिक कार्यक्रममा अभिनेता पल शाहले यो गीत निकै नै दुःख गरेर गीतको छायांकन गरेको स्मरण गर्दै गीत तयार भएर आएपछि खुशी लागेको बताए ।
अभिनेत्री नीति शाहले आफु विरामी भएको बेला गीतको छायांकन गरिएको र निकै मेहनत गर्नु परेको अनुभन सुनाइन् ।
चलचित्रका निर्देशक ओम प्रतिकले चलचित्रमा देउकी प्रथामा आधारित भएर चलचित्र निर्माण भएको खुलासा गरे । उनले भने,‘अन्य थुप्रै सस्पेन्स कुराहरुलाई समेत देखाएको भन्दै दर्शकले केही फरक कथाको चलचित्र हेर्न पाउने छन् ।’
निर्माता चुम्बन जंग शाहीले आफू सानैबाट चलचित्रको माहोलमा हुर्किएको भन्दै त्यही कुराले तानेर चलचित्र निर्माण गरेको सुनाए ।
चलचित्रको टिजर यस अघि नै सार्वजनिक भइसकेको छ । टिजर हेरेर दर्शकले उत्साहजनक प्रतिकृया दिइरहेका छन् ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  १० : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।