२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा हट्यो निषेधाज्ञा



काठमाडौं । काठमाडौं जिल्लाभित्र अब निषेधित क्षेत्र नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राजावादीहरूको आन्दोलन चर्किएपछि गत जेठ १८ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै चक्रपथ र चक्रपथभित्र विरोध कार्यक्रम तथा सभा-जुलुस गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो ।

प्रशासनले एक सूचना जारी गर्दै अब ती सबै स्थानहरूमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कार्यक्रम गर्न सकिने जनाएको छ ।

प्रशासनले भनेको छ, ‘हाललाई जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कार्यक्रम गर्ने गरी उक्त आदेश कायम नरहेको ब्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।