२५ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभर फैलियो मनसुन



काठमाडौं । आज असार ६ गतेदेखि मनसुन देशभर फैलिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम महाशाखाले आज मनसुन आगमन बुलेटिन(३ जारी गरी मनसुन प्रणाली मुलुकभरि नै विस्तार भएको जानकारी दिएको हो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख र बाहिरिने मिति अक्टुबर २ तारिख हो । तर यस वर्ष १५ दिन अघि नै मनसुन नेपाल भित्रिएको थियो ।

विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । गण्डकी, लुम्बिनी र कर्णालीमा सबैभन्दा बढी प्रभाव पर्ने पूर्वानुमान छ ।

 

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ३ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।