२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ग्वार्को फ्लाइओभरमा अब गाडी सरर, प्रधानमन्त्रीले उपत्यका ट्राफिक प्रमुखबाट गराए उद्‍घाटन



ललितपुर । ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास आज शुक्रबार प्रधानमन्त्री केपी ओलीले उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीबाट उद्घाटन गराएका छन् । उद्घाटन भएसँगै ओभरपासमा सवारीसाधन सञ्चालनमा आएका छन् ।

निर्माण थालेको ३९ महिनामा ओभरपासको काम सकिएको हो । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा यसको ठेक्का गरिएको थियो । यसको ठेक्का आशिष-समानान्तर-रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको थियो ।

दुई वर्षभित्र काम सक्ने गरी २०७८ फागुनमा ओभरपास निर्माण सुरु भएको थियो । सुरुमा भएको सम्झौताअनुसार ओभरपास २०८० फागुन १२ भित्र तयार भइसक्नु पर्ने थियो । उक्त समयमा नसकिएपछि २०८१ असारसम्मका लागि म्याद थपियो । त्यो समयमा पनि काम सकिएन ।

त्यसपछि २०८१ पुस ९ सम्मका लागि म्याद थपियो । पटक–पटक समय थप गर्दा पनि काम नसकिएपछि २०८१ पुस १० बाट निर्माण कम्पनीलाई जरिवाना तिराएर काम गराइएको थियो । कम्पनीले दैनिक जरिवाना तिर्दै अहिले काम सकेको हो ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ५ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।