१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बैंकिङ कसुरमा लुम्बिनी प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी



काठमाडौं। लुम्बिनी प्रदेशकी समानुपातिक सांसद तथा जनमत पार्टीकी नेतृ सुमन शर्मा रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ। अदालतले जेठ १६ गते नै पक्राउ आदेश जारी गरेको भए पनि उनी हालसम्म फरार रहेको प्रहरीले जनाएको छ।

सांसद रायमाझीमाथि जनमत पार्टीकी अर्की नेतृ आशाकुमारी चौहानले पाँच लाख पचास हजार रुपैयाँ सापटी लिएर दिएको चेक बाउन्स भएको भन्दै उजुरी दिएकी थिइन्। चौहानले दिएको जानकारीअनुसार चेक साट्न जाँदा खातामा रकम नभएको पुष्टि भएपछि उनले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गरेकी थिइन्।

प्रहरीका अनुसार अदालतको आदेशमा असार ३ गते सांसद रायमाझीको स्थायी ठेगाना बर्दियामा खानीतलासी गरी पक्राउ गर्न बर्दिया प्रहरी कार्यालयलाई पत्राचार गरिएको छ। तर, बर्दिया प्रहरीले अहिलेसम्म पत्र नपुगेको जनाएको छ।

सांसदको हैसियतमा रहेका व्यक्तिले बैंकिङ प्रणालीको दुरुपयोग गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना पनि सुरु भएको छ। यता जनमत पार्टीले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ४ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।