ललितपुर । ललितपुर महानगरपालिका–४ का पूर्ववडाध्यक्ष नारायण केसीको निधन भएको छ । उनको आज बिहान ९ बजे हृदयघातबाट मृत्यु भएको हो ।
घरमा हृदयघात भएपछि उनलाई जावलाखेलस्थित अल्का अस्पताल लगिएको थियो । अस्पताल पुर्याइएको केही बेरमै चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । श्रद्धान्जलीका लागि उनको पार्थिव शरीर वडा नम्बर ४ को कार्यालयमा राखिएको छ । उनको आजै पशुपतिमा दाहसंस्कार गरिने जनाइएको छ ।
केसी २०७४ सालमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।








प्रतिक्रिया