अभिनेता मनिष राउत चलचित्र ‘जनै हराएको मान्छे’मार्फत निर्देशनमा होमिदै छन् । चलचित्र मनिष ‘प्रेमगीत ३’मार्फत अभिनेताको परिचय बनाएका अभिनेता राउत एशोसियट डिरेक्टरको रुपमा चलचित्रमा काम गरिरहेका छन् ।
चलचित्रसम्बन्धि अध्ययन गरेका अभिनेता आफू पुन चलचित्रमा अभिनय गर्ने खुलाएका छन् ।
‘अब निर्देशनको काममा पनि विस्तारै अनुभव संगाल्दै जाउँ भन्ने सोच रहेको र निर्देशकको कामको पनि अनुभव गरेको खण्डमा अभिनयलाई पनि सहयोग हुन्छ भन्ने लाग्छ ।’
मन मिल्ने टिम र राम्रो कथा भएकाले आफू फरक भूमिकामा जोडिएको बताए ।
भदौ ६ गतेबाट प्रर्दशन सुरु हुने ‘जनै हराएको मान्छे स् सम्बन्धका धागाहरू’ अहिले पोस्टप्रोडक्सनमा छ ।
बलियो लाइनअप रहेको चलचित्रमा विजय बरालसँगै भोलाराज सापकोटा, केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के।सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।
अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।
विसं। २०८१ मा नेपाली चलचित्र उद्योगलाई ब्लकबस्टर सिनेमा दिने विजय र केकी ‘जनै हराएको मान्छे स् सम्बन्धका धागाहरू’को मुख्य भूमिकामा सँगै देखिँदै छन् ।
चलचित्र ‘जनै हराएको मान्छे स् सम्बन्धका धागाहरू’ भदौ ६ गतेबाट रिलिज हुँदै छ । विजय बराल मुख्य भूमिकामा रहेको चलचित्रको एसोसिएट डिरेक्टरमा मनिष राउत छन् ।







प्रतिक्रिया