२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ढुङ्गेअड्डामा ट्रकले दुईवटा मोटरसाइकललाई ठक्कर दियो



काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ स्थित ढुङ्गेअड्डामा ट्रकले दुईवटा मोटरसाइकललाई ठक्कर दिएको छ । थानकोट तर्फ जाँदै गरेको ना।६ ख ८६७४ नम्बरको ट्रको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । मृत्यु हुनेमा हुम्ला घर भएर तीनथान बस्ने करिब २२ वर्षीय धिरेन्द्र भियाल छन् ।

आइतबार साँझ ८ बजेर २५ मिनेटमा सो ट्रकले बा।६३ प २०७७ नम्बरको होण्डा र बागमती प्रदेश–०२–०४९ प ४९५७ नम्बरको यमाहा मोटरसाइकललाई ठक्कर दिएको हो । अर्का मोटरसाइकल चालक ५० वर्षीय मुक्ति नारायण श्रेष्ठ घाइते भएका छन् । उनको कलङ्की स्थित सहिद मेमोरियल अस्पतालमा उपचार हुँदै छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १० : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।